प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मोरङका ६ वटै क्षेत्रमा मतगणना स्थल बनाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोलि (बिहीबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । मोरङका ६ वटै क्षेत्रको छुट्टाछुट्टै स्थानमा मतगणना हुँदै छ । मोरङमा ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी पुगिसकेका प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी दिए । उनका अनुसार जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा अस्थायी मतदान के...