विदेशी मुद्राको भण्डार ऐतिहासिक उचाइमा, तर आन्तरिक लगानी र कर्जा प्रवाह अझै सुस्त

नेपाल राष्ट्र बैंकले देशमा विदेशी मुद्राको भण्डारण ऐतिहासिक उचाइमा पुगेको तर, आन्तरिक लगानी र कर्जा प्रवाह निकै सुस्त रहेको देखाएको छ ।  नेपालको विदेशी मुद्रा सञ्चिति बढ्दै गइरहेको र कर्जा लगानी निकै सुस्त हुँदै गएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक ‘म्याक्रोइकोनोमिक रिपोर्ट २०२६’ले देखाएको हो । प्रतिवेदन अनुसार एकातिर विप्रेषण (रेमिट्यान्स)को जगमा विदेशी मुद्राको सञ्चिति र शोधनान्तर स्थितिले ऐतिहासिक रेकर्ड कायम गरेको छ भने, अर्कोतिर न्यून ब्याजदरका बाबजुद आन्तरिक उत्पादन र कर्जा प्रवाहमा ...