एक वर्षका लागि मैदानबाट बाहिरिए रियल म्याड्रिडका ब्राजिलियन स्टार रोड्रिगो, विश्वकप पनि गुमाउने

स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका प्रभावशाली फरवार्ड रोड्रिगो करिब एक वर्ष मैदान बाहिर रहने भएका छन् । रियल म्याड्रिडका अनुसार, २५ वर्षीय रोड्रिगोको क्रुसिएट लिगामेन्ट र दाहिने घुँडाको मिनिस्कस च्यातिएको जनाएको छ । निकट भविष्यमै उनको शल्यक्रिया गरिने पनि क्लबले जनाएको छ । ‘उनको चोट गम्भीर प्रकृतिको छ । छिट्टै उनको शल्यक्रिया पनि गरिने छ । उनी करिब एक वर्ष खेल मैदानबाट टाढा रहने अनुमान गरिएको छ,’ क्लबले भनेको छ । रोड्रिगो ब्राजिलियन राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनले यसै वर्ष आ...