चुनावी सुरक्षाबारे आईजीपी कार्कीको भिडियो सन्देश( शान्तिपूर्ण र भयरहित वातावरणमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा चुनावी सुरक्षाबारे अवगत गराउँदै चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिएका छन् । एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइने कार्कीले उल्लेख गरेका छन् । गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान ...