संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ । चण्डिप्रसाद गण (शान्ति सेना) एघारौं डफ्फालाई बदली गर्नका लागि गरूड दल गण (शान्ति सेन)-एफआरबी १२ औं डफ्फाका १६५ जना नेपाली शान्ति सैनिकको अन्तिम टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १६५ जना नेपाली शान्ति सैनिक बुधबार नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका १०७८ जना शान्ति सैनिक कार्यरत रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय...