इरानमा अब चयन हुने सर्वोच्च नेतालाई समेत मार्ने इजरायलको धम्की !

इजरायलले इरानका आगामी सर्वोच्च नेताका रूपमा जोसुकै चयन भए पनि उनलाई ‘मार्ने’ धम्की दिएको छ ।  इजरायलका रक्षामन्त्री इजरायल क्याट्जले इरानले चयन गर्ने आगामी सर्वोच्च नेतालाई लक्षित गर्दै कडा चेतावनी दिएका हुन् ।  उनले इरानको अर्को सर्वोच्च नेता ‘नष्ट गर्ने लक्ष्य’ हुने बताएका छन् । क्याट्जले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘इजरायललाई नष्ट गर्ने योजना निरन्तरता दिन, संयुक्त राज्य अमेरिका, स्वतन्त्र विश्व तथा क्षेत्रका देशहरूलाई धम्की दिन र इरानी जनतालाई दमन गर्न इरानी आतंकवादी शा...