प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलका पदाधिकारी र शीर्ष नेताहरूले लुम्बिनी प्रदेशका विभिन्न ठाउँबाट मतदान गर्दै छन् । भोलि (२१ फागुन) बिहीबार हुने निर्वाचनमा लुम्बिनी प्रदेशबाट प्रमुख पार्टीका नेतृत्वसहित शीर्ष नेताहरू उम्मेदवार छन् । नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर–२ का उम्मेदवार विष्णु पौडेलले रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने छन् । यस्तै अर्का उपाध्यक्ष तथा गुल्मी–२ का उम्मेदवार गोकर्ण...