यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ । कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आवश्यक सहयोग र समन्वयमा सुरक्षा व्यवस्था सुदृढ तुल्याइएको उक्त प्रदेशका सुरक्षा अङ्गका प्रमुखहरूले बताएका छन् । उनीहरूले समयमै मतदानस्थलमा पुगेर निर्धक्क मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । नेपाली सेनाका पूर्वी पृतनापति...