केपी ओलीले बालकोट केन्द्रबाट मतदान गर्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्ने भएका छन् । उनले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा महेन्द्र शान्ति विद्यालय, बालकोट केन्द्रबाट बिहा ११:३० बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।  ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनले आफूले आफैंलाई भने मतदान गर्न नपाउने भएका छन् ।  निर्वाचन आयोगले भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ ।