गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ तारकेश्वर नगरपालिकाअन्तर्गत तारकेश्वर मतदानस्थलको अनुगमन तथा प्रहरी प्रधान कार्यालयमा निर्वाचन व्यवस्थापन सूचना केन्द्रको निरीक्षण गरेका छन् । गृहमन्त्रीका साथ गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुख तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सुरक्षा निकायका अधिकारीहरू थिए । मतदातासँग कुरा गर्दै गृहमन्त्रीले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ...