घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य गर्ने व्यवस्था हाललाई स्थगित गरिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त कम्पनी तथा संस्थामार्फत हुने जग्गा खरिद–बिक्री, लिखत दर्ता र नामसारीलगायतका कारोबार अस्थायी रूपमा रोकिएको जनाएको हो। विभागले सबै मालपोत कार्यालय, नापी कार्यालय तथा इजाजतपत्र प्राप्त कम्पनी–संस्थालाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। यसअघि मालपोत ऐन, २०३४ बमोजिम महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र घरजग्गा कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरिएक...