राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानी प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न आएको जापानका संसदीय मामिला उपमन्त्री सिमादा तोमोकी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपरान्ह राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेको हो । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका विविध आयामबारे छलफल भएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।