प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । उनीहरूले यसअघिका निर्वाचनमा जस्तै आआफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई मतदान गर्नेछन् । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कु...