मतदानअघि नै बैंकिङ कसुरमा पक्राउ परे रूपन्देही-३ का स्वतन्त्र उम्मेदवार यादव

रूपन्देही क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुर आरोपमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जिल्ला अदालतको आदेश बमोजिम यादवलाई भैरहवाबाट पक्राउ गरिएको जानकारी दिए ।  ।  चन्दका अनुसार २०८१ फागुन २५ मा गरेको फैसला अनुसार ३० लाख सावाँ र बिगो बमोजिमको जरिवाना ठहर गरिएकाले बिगो बापतको कैद र जरिवाना प्रयोजनार्थ प्रतिवादीलाई अदालत उपस्थित गराईदिन आदेश भए बमोजिम उनलाई पक्राउ गरिएको हो ।  सिद्धार्थनगर–७, जनकपथका बासिन्...