एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन् ।  आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ७ बजेर ५ मिनेटमा पहिलो मतदान पौडेलले गरेका हुन् ।  पौडेल यहीँ क्षेत्रबाट लगातार चारपटक चुनाव जित्ने नेता हुन् । पाँचौ जितको खोजीमा रहेका पौडेलसँग प्रतिस्पर्धामा नेपाली कांग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विश्वदीप पाण्डे पनि उम्मेदवार छ्...