राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोट हालेपछि मतपेटिकामा ढोगेका छन् । बिहीवार काठमाडौं ३ को महाँकालचौरमा मतदान गरेपछि लामिछानेले मतपेटिकामा ढोगेका हुन् । लामिछानेले भोट हालेको क्षेत्रमा राजुनाथ पाण्डे रास्वपाका उम्मेदवार छन् । चितवन २ का उम्मेदवार रहेका लामिछाने काठमाडौंमा मतदान गरेर निर्वाचन क्षेत्र चितवन जाने तयारी गरेका छन् ।