नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । शर्माले झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेको मेचीनगर ९ स्थित कविशिरोमणि माविमा रहेको मतदानस्थलको 'च' मतदान केन्द्रबाट मत खसालेका हुन् । मतदानपछि पत्रकारसँग कुरा गर्दै शर्माले कांग्रेस सबैभन्दा ठूलो दल बन्नेसमेत बताए ।