निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताको उत्सुकता बुझेर गणना छिटो शुरू गर्ने बताएका छन् । आज मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतपेटिका संकलन भएको २४ घन्टाभित्र मतगणना शुरू भैसक्ने बताए । मतपेटिका संकलन गरिएको २४ घण्टामा नतिजा दिने कोसिस गर्ने उनको भनाइ छ । ‘मतदाताले मतदान गरेपछि मतदान गरेको उम्मेदवार विजयी हुन्छ वा पराजय हुन्छ भन्ने कुराको उत्सुकता हुन्छ,’ भण्डारीले संचारकर्मीसँग भने, ‘त्यसैले मतदान सम्पन्न भएर मत...