राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा जाने भएका छन् । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार उनी मतदातालाई हौसला दिन झापा जान लागेका हुन् । उनले केही बेर अघि काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कूलबाट मतदान गरेका थिए । मतदानपश्चात उनी झापा जान लागेका सहयोगी सुरेन्द्र बजगाईंले जानकारी दिए ।