रूपन्देही २ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका ४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान केन्द्रमा पुगेका उम्मेदवार शर्मा मतदानपछि उत्साहित देखिएका थिए । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे । उनले निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न ...