वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं. ५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट पहिलो मतदाता बनेर मतदान गरेका हुन् । मन्त्री चौलागाईंले मतदानपश्चात लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रहसमेत गरे ।&...