जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शुरू भएको छ । निर्धारित निर्वाचन कार्यतालिकाअनुसार बिहान ७ बजेदेखि शान्तिपूर्णरूपमा मतदान शुरू भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ । कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले हिमाली जिल्लाहरूमा पनि उत्साहपूर्वक मतदान भैरहेको बताए । मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले हिमाली जिल्लामा समेत उत्साहपूर्वक तरिकाले मतदान शुरू भ...