उदयपुरको मतदान केन्द्रमा सर्ट गन पड्कियो, मतपेटिकामा क्षति

उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको सर्ट गन पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा मतदान शुरू भएको केही मिनेटमै सर्ट गन पड्किएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले बोकेको सर्ट गनको गोली पड्किएको हो । उनका अनुसार कुनै पनि मानवीय क्षति भएको छैन । मत पेटिकामा भने सामान्य क्षति पुगेको छ । अहिले मतदान शुरू&nb...