मतदानपछि प्रधानमन्त्रीको प्रतिक्रिया- देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंबाट मतदान गरेकी छन् । काठमाडौं-५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।  मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन्। तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, 'मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।'