२१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले चितवनबाट मतदान गरेकी छन् । चितवन क्षेत्र नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-१५ मंगलपुर पुगेर उनले मतदान गरेकी हुन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्, ‘आजको निर्वाचन एकदम निष्पक्ष होस् । शान्तिपूर्ण ढंगले देशव्यापी रूपमा निर्वाचन सम्पन्न होस् । मेरो सबैलाई शुभकामना छ […]