प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भैरहेको छ । बिहानैदेखि मतदाताले उत्साहपूर्वक मतदान गरिरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न राजनीति दलका शीर्षले मतदान गरेका छन् । प्रधानमन्त्री कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाह, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपाकै सहसंयोजक माधव र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायतले मतदान गरेका छन् । यसैगरी, एमाले महसचिव शंक...