नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले यसपालि प्रतिनिधि सभा चुनावमा मतदान नगर्ने पक्का भएको छ । स्वास्थ्य उपचार गर्न अघिल्लो हप्ता सिंगापुर गएका देउवा स्वदेश नफर्किएपछि मतदान नगर्ने पक्का भएको हो । देउवा स्वदेश नफर्किएको कांग्रेस डडेल्धुरा जिल्ला सभापति भीमबहादुर साउदले बताए । देउवाले २०४८ देखि २०७९ सम्म सातपटक चुनाव जितेका थिए । विशेष महाधिवेशन गरेर गगन थापा कांग्रेस सभापति बनेपछि उनी असन्तुष्ट छन् ।