रुकुम पूर्व । प्रतिनिधि सभा सदस्यका लागि बिहीबार भइरहेको निर्वाचनमा हिमाली जिल्ला रुकुम पूर्वमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ९:१५ बजेसम्म जिल्लाभर ३ हजार ६ सय ९५ मत खसेको छ । […]