दाङका २ वटा मतदानस्थलमा अहिलेसम्म मतदान शुरू हुन सकेको छैन । देशभर आम नागरिक उत्साहपूर्वक मतदानमा सहभागी भइरहँदा दाङका दुई मतदानस्थलमा कुनै उत्साह देखिएको छैन । बाँके राष्ट्रिय निकुञ्जका प्रभावित क्षेत्र बबई गाउँपालिका वडा नम्बर १ र ७ का दुई केन्द्रमा स्थानीयले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन् । जसका कारण बबई गाउँपालिका वडा नम्बर १ स्थित 'जिल्ला' मतदान स्थल र वडा नम्बर ७ स्थित 'मलई' मतदान स्थलमा मतदान शुरू हुन नसकेको हो । बाँके राष्ट्रिय ...