१ सय ५ वर्षीय खड्काले गरे पहिलो मतदान

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रूपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताए । उनले भने, 'यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।' खड्काको यो सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तव्यबोध गराएको स्थानीय सञ्चारकर्मी अनिता श्रेष्ठले ब...