काठमाडौं महानगरकी कार्यवाहक मेयर डंगोलले गरिन् मतदान

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन् ।  काठमाडौं महानगरपालिका-२१ को फसिगा लगनटोल मतदान केन्द्रमा  पुगेर उनले मतदान गरेकी हुन् ।  उनले सबैलाई आ-आफ्नो मताधिकार प्रयोग गरि मतदान गर्न आग्रह समेत गरिन् ।