नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् । कञ्जनपुर–३ को वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट उनले मतदान गरेका हुन् । कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक यसपटक चुनावी मैदानमा छैनन् । सभापति गगन थापाले कञ्चनपुर ३ मा हरिबहादुर बोहरालाई उम्मेदवार बनाएपछि लेखकले साथ दिएका थिए । लामो समय कञ्चनपुरमै रहेका उनी मतदान गरेर केही दिनमा काठमाडौं फर्किने छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान भइरहेको छ ।