२१ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित डाँछी चोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेको ठाउँको छेउमा मतदानस्थल छ । अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली पुगेर उक्त वस्तु डिस्पोज गरिरहेको छ । अन्य सुरक्षा निकाय पनि सो क्षेत्रमा सक्रिय छ ।