दोलखाको मालु मतदानस्थलमा हवाई फायर

दोलखाको मालु मतदानस्थलमा हवाई फायर भएको छ ।  मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फायर गर्नुपरेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।   ‘अहिले अवस्था सामान्य भइसक्यो । मतदान चलिरहेको छ’, आलेले भने ।