काठमाडौं । गायक तथा (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले मतदान गरेका छन् । उनले बागलुङको काठेखोला गाउँपालिकास्थित मतदान केन्द्रबाट मत खसालेका हुन् । कलाकारिताबाटस्थापित सपुत पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका छन् । बागलुङका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थितिसहित मतदान प्रक्रिया जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।