मतदानपछि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले भने- जनअपेक्षा पूरा होस्

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत उनले काठमाडौंको पूरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  मतदानपछि उनले अब गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिए । जनताको दैनिक जीवन र सुखदुःखमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 'मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरूको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि ...