राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चढेको हेलिकप्टर झापामा अवतरण गर्न नसकी काठमाडौं नै फर्किएको छ । काठमाडौंमा मतदान गरी हेली एभरेस्टको हेलिकप्टरबाट झापा उडेका शाह चढेको हेलिकप्टर अवतरण गर्न नसकेर काठमाडौं फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रवन्धक टेकनाथ सिटौलाले पनि हेलिकप्टर अवतरण नगरी काठमाडौं फर्किएको पुष्टि गरे । के कति कारणले फर्किएको भन्ने कुरा नखुलेको उनले बताए । ‘के कति कारणले फर्किएको भन्ने कुरा खुलेको छैन,’ सिटौलाले लोकान्तरसँग...