नेकपा एमालेका उपाध्यक्ष तथा रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विष्णु पौडेलले यो निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको आधार दिने बताएका छन् । बिहीबार बिहान बुटवलमा मतदान गरेपछि पत्रकारहरूसँग पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अहिलेको निर्वाचन लोकतन्त्रको पछिल्लो अभ्यास भएको बताए । निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व, विकास र समृद्धिसँगै सुशासन र सामाजिक न्यायको बलियो आधार तयार गर्ने उनले बताए । कुनै हल्लाका पछाडि नलागी शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको बताउँदै उनले लोकतान्त्रिक...