प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहान १० बजे सम्म ६ प्रतिशत मतदान भएको छ । बिहान १० बजेसम्म झण्डै ६ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार १०बजेसम्म देशभर १० लाख ६५ हजार १२० जनाले मतदान गरेका हुन् । त्यसमध्ये ललितपुरमा सबैभन्दा २० प्रतिशत मतदान भएको छ । यसैगरी, काठमाडौंमा १५ र भक्तपुरमा १० प्रतिशत मतदान भएको उनले बताए । बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र...