काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक-२ बालकोटस्थित बालविनायक स्कुलको केन्द्रबाट मतदान गरेका छन् । लाइनमा ३० मिनेट उभिएर आफूले मतदान गरेको उनले बताए । ‘बिहानैदेखि भोट हाल्न पुगेका नागरिकको उत्साहजनक माहोल छ’ गजुरेलले भने, ‘अब यति चाँडै औंलामा रङ लाउन नपाए हुन्थ्यो ।’ लोकतन्त्रको सुन्दर रुप मतदान भएकाले यसमा सहभागी हुन पाइएको बताउँदै मनोजले […]