धनुषामा उत्साहपूर्वक मतदान

जनकपुरधाम ।  धनुषामा शान्तिपूर्वक उत्साह रूपमा मतदान भइरहेको छ । धनुषा जिल्लाभर ३२३ मतदानस्थलको ६४५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ । बिहान ९:३० बजेसम्म २१ हजार ५७३ मत खसिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिए । धनुषामा जम्मा पाँच लाख १४,५७१ मतदाता रहेका छन् ।