रुपन्देही क्षेत्र नम्बर २ मा एमाले र कांग्रेसका उम्मेदवारले एकअर्कालाई विजयका लागि शुभकामना दिएका छन् । बुटवल-११ देवीनगरस्थित मतदान केन्द्रमा भेट भएका एमाले उम्मेदवार विष्णु पौडेल र कांग्रेसका उम्मेदवार चुन्न पौडेलले एक अर्कालाई सफलताको शुभकामना दिएर अंगालो हाले । यो वडा सबैभन्दा धेरै मतदाता भएको वडा हो । यो वडामा १८ हजार मतदाता रहेका छन् । विष्णु पाँचौं जितेको खोजीमा रहँदा चुन्न भने पहिलो जित निकाल्ने योजनामा छन् ।