सर्लाही-४ को एउटा केन्द्रमा रोकिएको मतदान पुनः शुरू

सर्लाहीको बलरा-४ स्थित एउटा मतदान केन्द्रमा रोकिएको मतदान पुनः शुचारू भएको छ ।  सर्लाही-४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार पोलिंग एजेन्टहरूबीच मतदाता पहिचानको विषयमा विवाद हुँदा केही बेर मतदान रोकिएको थियो । ‘त्यहाँ पोलिंग एजेन्टबीच विवाद उत्पन्न हुँदा केही बेर मतदान रोकिएको थियो,’ सिंहले लोकान्तरसँग भने, ‘तर, अहिले मतदान पुनः सुचारु भैसकेको छ ।’  दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलरा ४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको थियो ...