पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नम्बर ८ स्थित मतदान केन्द्रमा मतदान गरेकी छिन् । झापा निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसमेत रहेकी उनले आज बिहान ७ बजे मतदान गरेकी झापा- २ को निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिए । यस निर्वाचन क्षेत्रमा एक लाख ४७ हजार ५५२ जना मतदाता छन् भने ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेका छन् ।