प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलावारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । झापा १ की स्थानीय तुलसा कोइरालाले बिहीबार बिहान मतदान गरेकी हुन् उनी छोरा र नातिको सहयोगमा मतदान स्थल पुगेकी थिइन् ।