प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहान ११ बजे सम्म १० प्रतिशत मतदान भएको छ । बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८२४ मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यो १०.१८ प्रतिशत हो । बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले हिमाली जिल्लाहरूमा पनि उत्साहपूर्वक मतदान भैरहेको बताए । प्रत्यक्षतर्फ तीन...