मतदानपछि ओलीको प्रतिक्रिया- मेरो पार्टीले मलाई प्रधानमन्त्री बन्न भनेको छ, देशले बनाउँछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावपछि आफू प्रधानमन्त्री बन्नेसमेत दाबी गरे ।  कथम् कदाचित बहुमत नआए पनि एमाले सबैभन्दा ठूलो दल बन्ने उनको भनाइ छ । ‘एमालेले भरसक बहुमत ल्याउँछ। कथम् कदाचित ल्याएन भने पनि प्रमुख पार्टीका रूपमा आउँछ भनेर मैले पहिल्यैदेखि भन्दै  आएको छु,' उनले भने, 'मलाई मेरो पार्टील...