झापा–५ मा खस्यो ४५ प्रतिशत मत

झापा क्षेत्र नम्बर ५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा- ५ मा एक लाख ६३ हजार ३७९ मतदाता छन् । यसमा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य २ जना रहेका छन् ।  यसमा ७२ हजार ५५४ मत खसेको छ । झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा नेता बालेन शाहलगायत उम्मेदवार छन् ।