पोखरा महानगरपालिका ३३ का पिताम्बर शर्मा उमेरले ८१ पुगे । मत हाल्ने उमेर भएपछि सबैजसो निर्वाचनमा सहभागी छन् उनी । जे आशा र अपेक्षाले मत हाल्दै आए, त्यो अहिलेसम्म पूरा नभएको उनको गुनासो छ । 'रोजगार र सुशासन भनेका कसले पूरा गरे त ?,' पिताम्बरले प्रश्न गरे, 'नेपालमा विकास कसैले गर्दैनन् । सब भाषण गर्ने मात्र हुन्।' पिताम्बरले प्रत्यक्ष निर्वाचित कार्यकारी खोजिरहेका छन् । जेनजीको एक समूहले माग गरेको जस्तो संविधान संशोधन गरेर जनताले चुन्ने कार्यकारी हुनुपर्ने भनाइ उनले राखे । पिता...