२१ फागुन, सिराहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिराहामा मतदान सुरु भएको ६ घण्टामा करिब ५० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवका अनुसार दिउँसो १ बजेसम्म जिल्लाभर ४५ देखि ५० प्रतिशतसम्म मतदान भएको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको कार्यालयले जनाएको छ। […]